निःशुल्क आखा शिबिरमा ३ सय बढीको आखा जाँच, ७२ जनाको मोतिया बिन्दुको अप्रेशन हुदै

66

कपिलवस्तु २६ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवा स्वास्थय चौकीमा एक दिने निःशुल्क आँखा जाच शिबिर संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका, वडा नम्बर ५ को कार्यालयको आर्थिक तथा नेपाल नेत्रज्योति संघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा शिबिर संपन्न गरिएको हो । शिबिरमा ३ सय १० जनाको आखाको जाच गरिएको संघका अध्यक्ष मनोज कुमार श्रविास्तवले बताए । शिबिरमा ७२ जनाका मोतिया बिन्दुका रोगी फेला परेको र तिनीहरुको केही दिन मै निःशुल्क अप्रशेन हुने उनले बताए । शिबिरमा वडा नम्बर ५, ४ र यशोधरा गाउपालिकामा बिरामी समेत सेवा लिन आएका थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेलले ब्यानर पढेर शिबिरको शुभारम्भ गर्दै यो शिबिरले गरिब र बिपन्नलाई फाईदा पुग्ने बताए । शिबिरमा जाच गराउन आउने बिरामी मध्ये सय जनालाई चश्मा र औषधी समेत बितरण गरिएको सहायक ब्यवस्थाक प्रशासन्त कार्कीले बताए । सो अवसरमा वडाध्यक्ष दिरेप चौधरीले आफनो वडा सहीत आसपास गाउका बिपन्न र गरिबले शिबिरमा फाईदा पाएको बताए । उनले गाउदैलो मै सेवा पाउदा सेवग्राही खुशी भएको बताए ।

Leave A Reply

Your email address will not be published.