मायादेबी गाउपालिका वडा नम्बर १ द्धार ग्यास चुल्हो, सुपानेट झुल र ठुलो टर्च वितरण

65

कपिलवस्तु २३ फागुन
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर १ का एकल महिला र बिद्यवालाई ग्यास चुल्हो र अपांगलाई सुपानेट झुल र ठुलो टर्च बाडिएको छ । वडा कार्यालयले १ सय ५ एकल महिला तथा ७५ अपांगलाई सो उपलब्ध गराइएको हो । वडाध्यक्ष ईसहाक मुसलमान, वडा सचिव श्याम कुमार कामत, वडा सदस्यहरु अर्जुन चौधरी, कान्ती बर्मा र अब्दुल रहमानले उनीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

वडाको सामाजिक कार्यक्रम अन्र्गत सो बितरण गरिएको वडाध्यक्ष मुसलमानले बताए । वडाध्यक्ष मुुसलमानले आफनो वडाले एकक महिला, बिद्यवा अपांग, बृद्धबृद्धा लगातय लक्षितबर्गलाई प्राथकिमतामा राखेर सामाजिक काम गर्ने गरेको बताए । उनले यस्तो काम निरन्तर जारी रहने उनले बताए । सो अवसरमा वडा सचिव कमातले वडाबासीको माग अनुसार नै कार्यक्रममा समटेर सो बितरण गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.