कपिलवस्तु २३ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबाग स्थित रत्नराज्य उमाबिमा ४ कोठे भवन शिलान्यास गरिएको छ । मेयर सुदीप पौडेलले भवनको शिलान्यास गरेका हुन । संघीय बजेट अन्र्गत नगरपालिकाको साढे ३४ लाख आर्थिक सहयोगमा सो भवन बन्न लागेको हो । सो अवसरमा मेयर पौडेलले नगरपालिकाले शिक्षा क्षेत्रलाइै प्राथमिकतामा राखेको बताए । उनले धर्मपनिया, बभनीमा समेत यस्तै भवन निर्माण केही दिन मै सुरु हुने बताए । पालिका भित्र रहेको ५२ वटै सरकारी बिद्यालयमा निःशूल्क शिक्षा कायम गरिएको, भवन निर्माण सहीत गुणस्तीयर शिक्षाकालागि लगानी बढदै गएको बताए । उनले शिक्षाको विकासमा आफु सदैव लागी पर्ने उनले बताए । सो अवसरमा वडा नम्बर १ का अध्यक्ष जाहिद खाँले आफनो वडा भित्र पर्ने पुरानो बिद्यालयको विकासमा वडाले समे हातेमालो गर्दैै आएको बताए । उनले बिद्यालयमा भौतिक र अन्य विकासमा वडाको साथ रहने उनले बताए । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ६ का अध्यक्ष रामजीत चौधरी, वडा नम्बर ७ का अध्यक्ष ईन्द्रमािण् चौधरी वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादव, बिद्यालयका पुर्व बिदालय समाजका अध्यक्ष राजेश ज्ञवाली लागयतको सहभागीता रहेको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मैनुल्लाह खाको अध्यक्षता र प्रअ दिवाकर चौधरीको संचालनमा भएको थियो । पुजा कन्ट्रशनले चालु आर्थिक बर्ष भित्रै संपन्न हुने गरी सो काम पाएको छ ।