बुद्धभुमी नगरपालिकालाई बालश्रम मुक्त बनाउन थालियो अभियान

76

कपिलवस्तु २१ फागुन
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने अभियान थालिएको छ । बालश्रम मुक्त पालिका बनाउन पालिकाले बिभिन्न कार्य योजना सहीत तयारीलाइै तीब्रता दिइएको छ । हाल सम्म पालिकामा रहेका ४ वटा वार्ड बालश्रमुक्त वडा घोषणा भई सकेको छ । बाकी रहेका ६ वडालाई सहीत पालिकालाइृ समेत बालश्रम मुक्त बनाउन अभियान थालिएको मेयर केशव कुमार श्रेष्ठले बताए । उनले त्यसकाकालागि आफुहरु वडामा गणका परिचालन गरिने बताए । उनले आएको तथ्यांकका आधारमा बिभिन्न योजना बनाई अघि बढने उनले बताए । बुधबार नगरपालिकामा सम्पन्न स्थानीय पदाधिकारीको बैठकमा बोल्दै उनल सो कुरा बताएका हुन । उनले नगरले बालश्रमको विषयलाई महत्वपूर्ण रुपमा लिएको बताए । बालमैत्री वडा बनाउने तयारीमा पनि आफुहरु लागे उनले बताए । बालश्रममुक्त घोषणा गरिएको भन्दै बाकी ६ वटा वडालाई पनि यसै आर्थिक वर्षमा घोषणा गरिने बताए । इट्टा भट्टा, होटलहरुमा बढी बाल श्रमिक हुने हुँदा त्यसतर्फ निगरानी गर्नुपर्ने बताए ।प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले घोषणा गरेर मात्र बस्न नमिल्ने भन्दै कतिकतै बाल श्रमिक छन कि छैनन भनेर अनुगमनका काम पनि गर्नुपर्ने बताए । नगरको सक्रियताले मात्र नहुने भएकाले हरेक साझेदार संस्थाकोे सहकार्यबाट मात्र यो काम सफल हुने बताए । बालबालिकाले जीविकोपार्जनका लागि अन्यत्र गयर काम गर्नु परेमा त्यो बाल श्रम नै हुने भन्दै नेपाल सरकारको नीति अनुरुपनै आफुले काम गर्नु पर्ने बताए । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापले बोल्दै सबैको साथ सहयोगले वडा नम्बर ५ सहित ४ वटा वडा बाल श्रममुक्त भएको भन्दै अब नगरलाईनै बालश्रममुक्त बनाइने बताए । वडा नम्बर १, २, ३, ४, ७ र ९ गरी ६ वटा वडालाई अब बालश्रम मुक्त गराउने गरी तयारी थालिएको छ त्यसका लागि प्रत्येक वडामा २ जना गणकले बालश्रम मुक्त स्थानीय तहका लागि घरधुरी सर्बेक्षण गर्नेछन् । कार्यक्रममा बुद्धभूमिका जनप्रतिनिधी, विभिन्न शाखाका कर्मचारी, सुरक्षा निकायका प्रमुख, ब्यापारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
नेपालको् संबिधानको धारा ३९ ९४ं० बमोजिम कुनैपनि बालबालिकालाई कलाकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने ब्यवस्था गरेको छ ।

Leave A Reply

Your email address will not be published.