कपिलवस्तु २१ फागुन
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिकामा विकासको गतिलाई तीब्र बनाईने बताएका छन । उनले आफनो पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाइै प्राथमिकताका साथ अघि बढाएको बताए । १७ औ नगर सभामा बोल्दै उनले नगरपालिका निःशूल्क शिक्षा र स्वास्थ्य विमाको रकममा आधा रकम नगरले दिएको बताए । भिक्षु चोक देखि बिजगारी सम्म बाटो पक्की बनेको, नगर भित्र अधुरा रहेको बाटो घाटो निर्माणका काम समेत गरिएको उनले बताए । उनले नगरको विकास नै आफनो प्रमुख ध्येय रहेको भन्दै यसमा सबैले साथ दिन आग्रह गरे । विकासमा सबैले हातोमालो गर्नु पर्ने अब सबै मिलेर जानु पर्ने उनले बताए ।

सो सभामा बिनियोजन ऐन २०८१ लाई संशोधन समेत गर्न बनेको पुरक बिनियोजन बिधेयकलाई उप मेयर सुनिता गुप्ताले पेश गरेकी थिईन । जुन सर्व सम्मतरुपमा पास भएको थियो र बिभिन्न शीर्षक गरी साढे ८ करोडको संशोधित अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो र सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले नगरपालिकामा सबै मिलेर अघि बढनु पर्ने बताए । उनले कर्मचारीले खाईपाई आएको सुबिधा कटौती गर्न नहुने बताए । उनले सबैले अब नगरपालिकाको कामलाई परिणाम मुखी बनाउनु पर्ने बताए । सो अवसरमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले नगरपालिकाको कामलाई अब तिब्र गतिमा अघि बढाउनु पर्ने बताए । उनले काम मिलेर काम गनर्् पर्ने बताए । कार्यक्रममा वडा नम्बर ४ का सदस्य रामबृक्ष यादव लगायले समेत मिलेर जानु पर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडल वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्यको सहभागीता थियो ।