कपिलवस्तु २१ फागुन
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले कपिलवस्तुको मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ प्रशासनीय भवनको उदघाटन गरेका छन । उनले ३३ केभीका स्वीच अन र भवनको शिलामा लेखिएको ब्यानर उघारेर उदघाटन गरेका हुन । सो अवसरमा उनले लामो समय देखि अवरुद्ध रहेको ३३ केभीको डबल सर्कि६ लाईन सुचारु गर्न सरकार र गृह मन्त्रालयले सहयोग गरेकोमा धन्यबाद दिए । नेपाल बिद्युत प्रधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुले राखेको कार्यक्रममा उनले बिद्युत लाईन प्रसारण बिस्तारमा आउने अवरोधमा सरकार र गृह मन्त्रालयबाट पुरा सहयोग पाई रहेको बताए । उनले जिल्ला स्थि सुरक्षा निकायबाट बिशेष सहयोग पाईरहेकोले बिद्युत प्रसारणमा आउने समस्या समाधान हुने गरेको समेत उनले बताए । सदरमुकाम तौलिहवा लगायत कपिलवस्तुका दक्षिणतर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत उपलब्ध हुने उनले बताए । सो अवसरमा प्रजिअ बिश्व प्रकाश अर्यालले विकास निर्माणमा समन्वयकारी भुमिका खेल्ने गरेको बताए । उनले बिद्युत प्रसारण लाईन बिस्तार गर्ने क्षेत्रका जग्गाहरुकालागि केही प्रवधानहरु परिवर्तन गर्न आवश्यक रहेको बताए । प्राधिकरणको प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले चुहावट नियन्त्रणमा बिगतमा जस्तै सुरक्षा निकायले साथ दिनु पर्ने बताए । उनले बिद्यतु बिस्तार कार्य जारी रहेने बताए । बिद्युत प्रशारण लाइनमा बिस्तारमा सुरक्षा निकायको भूमिका अहम रहेको केन्द्र तौलिहवाका प्रमुख गौरव पाण्डेले बताए । सदरमुकाम क्षेत्रको बिद्युत समस्याका रुपमा रहेको लो भोल्टेज लगायतका समस्याहरु क्रमशः समाधान हुँदै जाने उनले उल्लेख गरे । सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा बिश्वस्त रहन उनले सबैलाई आग्रह समेत गरेका छन् । कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के।सी। लगायतलाई प्रमाणपत्र सहित सम्मान गरेका छन् । कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्विनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, बिभिन्न बितरण तथा ग्रीडका प्रमुखहरु, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, किरणमान बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।
Next Post