कपिलवस्तु शारिरीक सुगठन को सधारण सभा तथा अधिवेशन सम्पन्न

281

कपिलवस्तु १९ फागुन
कपिलवस्तु जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघ को प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम कपिलवस्तु सदरमुकाम तौलिहवा जिल्ला खेलकुद विकास समितीको कभर्डहल मा सम्पन्न गरिएको थियो । अधिवेशन बाट कृण्ण थापाको अध्यक्षतामा ९ सदस्य समिती चयन गरिएको छ ।

उपाध्यक्षमा सलोनी मोदनवाल,सचिव मनिश कार्की,कोषाध्यक्ष शैलेन्द्र श्रीमाल सदस्यमा सुरेन्द्र बर्मा, राजेश बारी,दिनेश गुप्ता,विश्वबन्धु घिमिरे,महिमा तमोली चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथी वडा नं ३ का वडा अध्यक्ष प्रकाश गैरैले खेल क्षेत्रले युवा हरुलाई कुलत बाट बचाउने बताएका छन । आफुलाई पनि खेल क्षेत्रमा रुची रहेको हुदा यस समिती लाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो । अहिले को समितीमा मा विधान अनुरुप २ जना महिला सहित ९ जना समिती गठन गरिएको फिटनेश संघ का अध्यक्ष कृष्णा थापाले बताए । अव यो समिती ले शारिरीक सुगठनका खेलाडीहरु लाई खेल प्रतिस्पर्धा गराउने जानकारी गराएका छन ।

सचिव मनिश कार्की को संचालन कार्यक्रममा नेपाल पत्रकार महासंघ का निबर्तमान अध्यक्ष किरणमान बज्रचार्य स्थानिय समाज सेवीहरुको उपस्थिती रहेको थियो

Leave A Reply

Your email address will not be published.