कपिलवस्तु १८ फागुन
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ मा नेवलागंज देखि गुगौली तर्फ जादै गर्दा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालकगाउँपालिका–१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार १० बजेतिरे लु ९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । दुर्घटनामा गंभीर घाईते भएका उनको उपचारकोक्रममा आधारभुत अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाईलकमा सवार एक जनाको भने सोही अस्पतालमा उपचार भईरहेको छ ।