कपिलवस्तु १८ फागुन
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको ११ औं जिल्ला अधिवेशनबाट फैजल खा निर्बिरोध निर्वाचित भएका छन । निवार तौलिहवामा अबेर सम्म चलेको बन्द सत्रमा खाको नृतृत्वमा २९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा राम पौडेल र प्रेमकला पौडेल सचिवमा दिपक अनुरागी उप–सचिवमा तुल्सीराम छिपी, इन्तेखाव अहमद करिष्मा चन्द निर्वाचित भएका छन । शनिबार पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपालले अधिबेशनको उदघाटन गरेका थिए । नव निर्वाचित अध्यक्ष खाँले पार्टीको मजुबत बनाउन आफुले सक्दो कोशीश गर्ने बताए ।