कपिलवस्तु १८ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सडवा स्थित रामजनाकी मन्दिर परिसरमा धर्मशाला निर्माण सुरु गरिएको छ । सांसद अमृत अग्रहरीको संसदीय कोषबाट सो धर्मशाला निर्माण थालिएको हो । सांसद अग्रहरीले पुजापाठ गरी जगमा ईटा हालेर धर्मशालाको शिलान्यस गरेकी हुन । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वाडध्यक्ष प्रकाश गैरे, एमाले जिल्ला अध्यक्ष बावुराम खनाल समाजसेबी कालीपद शर्मा, प्रदीप अग्रहरी, एमाले नगर अध्यक्ष श्याम प्रजापित रत्नाकर शुक्ला लगायतको सहभागीता थियो । सो अवसरमा सडावाबासीको आग्ह अनुसार आफुले संसदीय कोषमा बजेट बिनियोन गरेको बताए । उनले धर्मशाला निर्माणले धार्मिक काम गर्न सजिलो हुने बताईन । कपिलवस्तु नगरपालिकाङ १ स्थित रुद्र बिल्डर्स एन्ड कनट्रक्सनले ५७ लाख ७६ हजारमा सो धर्मशाला भवन निर्माणकालागि ठेक्का पाएको छ । फागुन ११ गते देखि निर्माण सुर भएको सो भवन २०८२ जेठ भित्र निर्माण गर्ने अवधि तोकिएको छ ।