कपिलवस्तु १८ फागुन
कपिलवस्तुका ३ पालिकाका महिलाकालागि सुरक्षित गर्भपतन सेवा निःशुल्क गरिएको छ । तौलिहवा स्थित मेरी स्टाप्सबाट ती पालिकाका महिलाहरुकालागि निशुल्क गर्भपत सेवा सुरु गरिएको । कपिलवस्तु नगरपालिका तथा मायादेबी र यशोधरा गाउपालिकाका महिलाहरुले अब देखि निःशुल्क सुरक्षित गर्भपतन सेवा प्राप्त गर्नेछन । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मेरी स्टोप्समा सेवाको शुभारम्भ भएको घोषणा गरे । उनले हचुवाको भरमा औषधी लगायतको प्रयोग गरी गर्भपतन गराउदा महिलाहरुको ज्यान नै जोखिमा पर्ने भएकाले यो सेवा शुभाम्भ गरिएको बताए । उनले अनिच्छितरुपमा भएको गर्भलाई तोकिएको मापदन्ड पुरा गरी यहाबाट सेवा लिन सक्ने गरी पालिकाले संझौता गरेको उनले बताए । उनले यो सेवाको सही सदुपयोग गर्न आग्रह समेत गरे । मेरी स्टोप्स तौलिहवाका प्रमुख मनिराम पाण्डेयले १२ हप्ता र तोकिएको कानुन र मापदन्ड अनुसार सुरक्षित गर्भपत सेवा निःशुल्क दिईने बताए । उनले आफुहरुले प्रति गर्भपतनको पालिकाबाट ८ सय रुपैया लिने गरी संझौता गरिएको बताए । सबै बिवरणहरु कोडमा राखिने र गोप्य रहने उनले बताए । जिल्लाका बिभिन्न औषधी पसलहरुमा अबैधानिकरुपमा गर्भपतको औषधी बेच्ने गरिएकोले समेत असुरक्षित गर्भपतनले महिलाको ज्यानको जाखिम समेत जिल्लामा उच्च रहेको बताए । खुला सिमाका कारण महिलाहरु भारतमा जाने र झारफुकले गर्दा समेत कैयो महिलाहरुको ज्यान जाने गरेको पाण्डेयले बताए । गर्भपति सेवा निःशुल्क भए पछि यसले सकारात्मक परिणामा ल्याउने उनले बताए । उनले तौलिहवा शाखामा बार्षिक ६ सयको हाराहारीमा सुरक्षित गर्भपतन सेवा दिने गरेको बताए ।