कपिलवस्तु १६ फागुन
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित राधा कृष्ण मन्दिर पछाडी रहेको आदर्श टोल विकास संसथाको अगुवाईमा बृहद सरसफाई अभियान संचालन गरिएको छ । २ साता अघि गठन गरिएको समितिमा आबद्ध रहेको टोलबासी र समिितका सदस्यहरुले टोल भित्र रहेको सडक, नाली लगायतमा सरसफाई गरेका हुन । उनीहरुले आ अफनो घरबाट ल्याएको झाडु, हसिया लागतयले फोहर संकलन गरेका हुन । ३ घन्टा भन्दा बढी समय सरसफाइृमा खटेर बाटो, नालीमा रहेको फोहरहरु संकलन गरी केही जलाइएका छन । समितीका अध्यक्ष विजय अधिकारीले आफनो टोल र घर सरसफा राख्न आफुहरु लागी पर्ने बताए ।