रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयमा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन

62

कपिलवस्तु १६ फागुन
तौलिहवा स्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका पुर्व बिद्यार्थिहरुको भेलाले राजेश ज्ञवालीको अध्यक्षतामा भुतपुर्व बिद्यार्थी समाजको तदर्थ समति गठन गरेको छ । विद्यालय संचालक समिति का अध्यक्ष मानुल्लाहा खान को अध्यक्षत तथा कपिलवस्तु नगरपालिका का मेयर सुदीप पौडेल र प्रअ दिवाकर चौधरी सहभागीतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गंगाधर आचार्य, सचिवमा राम सेवक यादव, कोषाध्यक्षमा कमला सापकोटा रहेका छन । यस्तै सदस्यहरुमा रत्नाकर शुक्ला मोहमद मुस्तफा छन । यस्तै भेलाले सुदीप पौडल, रामआषिष पाण्डेय, मानुल्ला खाँ, दिवकाकर प्रसाद चौधरी, दयाशंकर केवटको सल्लाहकार समिति समेत निर्माण गरेको छ । भेलाले ६ महिना भित्र पुर्व बिदार्थीको बृहत बेला समेत गर्ने निर्णय गरेको छ । सो अवसरमा मेयर सुदीप पौडेलले आफु पढेको बिद्यालयमा पुर्व बिद्यार्थीहरुको समिति गठन भएकोमा खुशी ब्यक्त गरे । उनले बिद्यालयका शैक्षिक र भौतिक विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धा ब्यक्त गरे । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मैनुल्लाह खाले बिद्यालयको विकासमा यो समितिले सहयोग गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.