बिद्यार्थीहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी सचेत गराउदै बुद्धभुमी नगरपालिका

94

कपिलवस्तु ८ फागुन
बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बुद्धुभुमी नगरपालिकाले पालिका भित्र रहेका बिद्यालयका बिद्यार्थीलाई सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामुलक कार्यक्रम थालनी गरेको छ । दलालको भरमा परेर बैदेशिक रोजगारीमा जानेक्रम बढे पछि पालिकाले बिद्यालयस्तरबाटै सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाएको हो । सोही सन्दर्भमा पालिकाले पालिका भित्र रहेका ६ वटा बिद्यालयमा त्यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । प्लस टु र स्नातक तहमा अध्ययनरत विधार्थीहरुलाई सामी कार्यक्रम सम्बन्धि अभिमुखीकरण सुरु गरिएको पालिकाका रोजगार संयोजक रबिन चौधरीले बताए । ६ मध्ये पालिकाका ४ बिद्यालयमा त्यस सम्बन्धी कार्यक्रम संपन्न गरिएको उनले बताए । बुद्धभुमी नगरपालिकाबाट ५ हजार बढी बिभिन्न देशमा रोजगारीकालागि गएका छन । सचेत, जानकारी नहुदा तथा दलालको भर पर्दा भने अनुसारको काम र पैसा नपाएको , अलपत्र परेको, ठगीने जस्ता समस्याहरु समेत आउनेक्रम बढेको चौधरीले बताए । गत बर्ष बुद्धभुमी नगरपालिकाका बैदेशिक रोजगारीमा गएका बेला ३४ जनाको मृत्यु भएको थियो । यस्तै हरेक महिना दुई तीन जनाको बिदेशबाट शव समेत आउने गरेको चौधरीले बताए ।

बुद्धभुमी नगरपालिका वडा नम्बर २ पत्थरकोटको जन ज्योति माबि, वडा नम्बर २ स्थित गौतमबुद्ध माबि र उमाबि, वडा नम्बर ९ स्थित जन कल्याणमा माबिमा सामाी कार्यक्रम संपन्न गरिएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित र ब्यवस्थित गर्न पालिकाले आफनो नीति तथा कार्यक्रम मै बजेट बिनियोजन गरी सामी कार्यक्रमलाई अघि बढाइएको मेयर केशव कुमार श्रेष्ठले बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित, विश्वासिलो र सहज बनाउन नगरले आफ्नै लगानीमा हरेक बर्ष कार्यक्रम संचालन गर्दै आएको बताए । ‘ बिद्यार्थीहरुलाई सामी कार्यक्रम मार्फत सचेत गराएका छौ, यसले सकारात्मक परिणाम समेत आएको छ ’ उनले भने । बिद्यार्थीलाई बैदेशिक रोजगारीमा जान भन्दा पहिले, जादा र पुगे पछि पछि आवश्यक प्रकृयाका बिषयमा जानकारी गराइएको चौधरीले बताए । राजगारीमा जादा सिममुलक तालिम लिएर जानु पर्ने, सुचनामा पहुच हुुन पर्ने, मनोसामाजिक परामर्श लिनु पर्ने बित्तिय साक्षरता र न्यायमा पहुच हुनु पर्ने लगायतका बिषयमा अभिमुखीकरणमा जानकारी गराइएको थियो । पालिकाले हरेक बर्ष २ वडालाई छनौट गरी बैदेशिक राजगारीमा गएका परिवारको समुह बनाई बित्तीय साक्षरता कार्यक्रम समेत गर्दैे आएको छ । यस बर्ष वडा नम्बर ७ र ९ मा बित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ । पालिकाकी सहायक रोजगार प्रमुख संगीता जिसिले बताईन । विदेश जाँदा आवश्यक परामर्श तथा जानकारी लिनुपर्ने बताईन । समयमै सम्पुर्ण जानकारी प्राप्त भएपछि भविष्यमा हुन सक्ने सम्भावित घटनाको सहज रुपमा समाधान खोज्न सहज हुने उनले बताईन ।

Leave A Reply

Your email address will not be published.