कपिलवस्तु ७ फागुन
७५ औ प्रजातन्त्र दिवसका अवसरमा ‘ कपिलवस्तुको शान कपिलवस्तु महाधाम ’ नामम कृति बिमोचन गरिएको छ । पुर्व शिक्षिका कमला श्रेष्ठले दोश्रो कृत्तिकोरुपमा लेखेको सो बिमोचन गरिएको हो । श्रृजनशील नारी साहित्य केन्द्र र कमला श्रेष्ठ साहित्य पुरस्कार संरक्षण केन्द्रले तौलिहवामा प्रजातन्त्र दिवसका अवसरमा राखेको रचना बाचन, कृति बिमोचन तथा कबि गोष्ठीमा नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, बरिष्ठ साहित्यकार हरिराज शर्मा, साहित्यकार पार्वती शर्मा लगायतले सो कृति बिमोचन गरेका हुन । साहित्यकार श्रेष्ठले यस अघि १० बर्ष पहिले ‘ म र मेरो परिबेश ’ नामक कृत्ति लेखेकी थिईन । सो अवसरमा बरिष्ठ साहित्यकार हरिराज शर्माले ७० बर्ष उमेर काटेर पनि साहित्य सूजना गर्नु आफैमा महत्वपुर्ण काम भएको बताए । उनले बिगत केही बर्ष यता कपिलवस्तुमा कबि गोष्ठी , बिमोचन लगायतका कार्यक्रम निरन्तर भईरहेकोमा खुशी ब्यक्त गरे । उनले भवनी भिक्षु र लोटा साथी जस्ता साहित्यकार जन्माएको कपिलवस्तुमा सबै मिलेर साहित्य क्षेत्रको विकास गर्नु पर्ने बताए । सो अवसरमा साहित्यकार पार्वती शर्माले आफनो कबिता बाचन गर्दै नारीहरुलाई पुरुष सरह अवसर र हौसला दिनु पर्ने बताईन । उनले नारीहरु समेत अहिले साहित्यप्रति रुची देखाएको खुशी ब्यक्त गरिन । सो अवसरमा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले नगरपालिकाले साहित्य क्षेत्रमा निरन्तर सहयागे गरीरहेको बताए ।उनले प्राचिन नगरी कपिलवस्तुलाइ चिनाउन साहित्यकारको समेत ठुलो हात हुने उनले बताए । कार्यक्रममा पशुपति मणि त्रिपाठी त्रिपाठी, ससुमई शाक्य, रबिचन्द्र शाक्य, सकुन्तला पौडेल, ईन्दिरा देवकोटा लागायतले आ– आफनो रचना सुनाएका थिए । कार्यक्रम सकुन्तला पौडेलको अध्यक्षतामा भएको थियो ।
Prev Post