कपिलवस्तु ७ फागुन
कपिलवस्तुको तौलिहवामा ७५ औ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा प्रभातफेरी र फुलफुल बितरण गरिएको हो । दिवसका अवसरमा सदरमुकाम तौलिहवामा प्रभातफेरी निकालिएको छ । प्रशासन कार्यालय देखि निकालिएको प्रभातफेरीले प्रशासन कार्यालय हुदै नयाटोल चोक बजार पुगको थियो । प्रभात फेरीमा प्रजिअ बिश्व प्रकाश अर्यालय सहीत जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि बिद्यालयका शिक्षक र बिदार्थी लगायतको सहभागीता थियो ।

प्रभातफरी पछि प्रजिअ अर्यालले शुभाकामना मन्तब्य दिएका थिए । यस्तै दिवस कै अवसरमा कपिलवस्तू अस्पतालका बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो । अस्पतालमा भर्ना भएका दुई दर्जन बढी बिरामीहरुलाई प्रजिअ अर्याल सहीतको टोलीले फलफुल बाडेका थिए । प्रजातन्त्र दिवसका अवसरमा मंगलवार राति प्रशासन कार्यालय अगाडी दिप प्रज्जवलन समेत गरिएको थियो । कार्यक्रममा कुनै पनि जनप्रतिनिधि र राजनीतिक दलका नेता र कार्यकर्ता सहभागी थिएनन । कर्मचारी, सुरक्षाकर्मीलाई मात्र प्रजातन्त्र दिवस लागेको रहेछ भन्ने कार्यक्रममा सहभागीरुले चर्चा गरेका थिए ।