कपिलवस्तु ३० माघ
कपिलवस्तुको वाणगंगा नगरपालिका नम्बर १०,गोगापुरमा लंगुरबुर्जा (खोरखोरे) खेल्दै गरेका १२ जना ३ लाख बढी नगद सहित पक्राउ परेका छन् । स्थानीयबासीको सुचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूबाट ३ लाख १५ हजार १ सय ८० रुपैया नगद सहित ९ वटा खोरखोरे खेलाउने गोटी र बुर्जा बरामद गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लाकेन्द्र जिसिले बताए । टोलीले वाणगंगा–१०, गोगापुर स्थित शिव थारुको घरको आँगनमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्ने व्यक्तिहरू कपिलवस्तु र रुपन्देहीका रहेका छन । कपिलवस्तुको वाणगंगा नगरपालिका १० का बर्षिय ३० का राजेश वि.क. , बर्षिय ४० का श्रीकृष्ण चौधरी , शुद्धोधन गाउँपालिका–२ का बर्षिय ४० का दिलिप कुमार लोध, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–१ का २२ बर्षिय पशुपती जैसवाल , गैडहवा गाउँपालिका–३ का २० बर्षिय का सन्तोष यादव , गैडहवा गाउँपालिका– २४ बर्षिय मनोज राजपुत गैडहवा गाउँपालिका–३ का ३० बर्षिय का अर्जुन कलवार पक्राउ परेका छन । यस्तै गैडहवा गाउँपालिका–३ का ३० बर्षिय विक्रम क्षेत्री ,लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का ४२ बर्षिय असलम मुसलमान , बुटवल उपमहानगरपालिका–८ का ४० बर्षिय शंकर थापा ,कञ्चन गाउँपालिका–५ का ४२ बर्षिय सर्वजित वि.क. , कञ्चन गाउँपालिका–५ ३० बर्षिय चित्र बहादुर राना फक्राउ परेका हुन । पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिसिले बताए ।
Next Post