तौलिहवामा रोकिएन चोरीका घटना, त्रासमा जनता

59

कपिलवस्तु ३० माघ
कपिलवस्तुको तौलिहवा क्षेत्रमा श्रृखंखलाबद्धरुमा भएको चारीको घटना रोकिएको छैन । माघ १९ गते देखि तौलिहवा क्षेत्रमा निरन्तर चोरीका घटनाहरु भईरहेका छन । चोरीको घटना रोक्न प्रहरीले सदरमुकाम तौलिहवाका १६ टोलमा दिनरात गस्ती र निग्रानी बढाएको दाबी गरेको छ । तर चोरीको घटना रोकिएका छैनन । मंगलवार राति फेरी कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुर चोक स्थित भोला यादवको घरमा चोरी भएको छ । घरमा मान्छे भएकै अवस्थामा चोरहरु पसेर सानो बाकस लागको यादवले बताए । वाकसमा ३ हजार नगद र नया कपडा थिए । चोरहरु दुई ओटा कोठामा पसेका थिए । छोराले चोर आएको थाहा पाए पछि हल्ला गरे पछि चोरहरु भागेको यादवले बताए । उनले चोर नियन्त्रणकालागि प्रहरीले ठोस कदम चाल्नु पर्ने बताए । माघ १९ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ र आद्रर्श टोलका ६ घरमा लाखौको चोरी भएको थियो । चोरीको सिसि फुटज समेत बाहिर आएको छ । त्यसको दुई दिन पछि फेरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ घिमिरे टोलमा एक घर र वडा नम्बर ३ क्याम्स टोलमा ३ घरमा लाखौको चोरी भएको थियो । माघ २५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर १ कैलाश टोल स्थित जर्नादन पराजुलीको घरमा ३ जना चोर पसेका थिए । होहल्ला गरे पछि प्रहरीले एक जना चोरलाई पराजुलीले बताएको हुलिया अनुसार पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसको ३ दिन सम्म चोरीका घटना भएनन । तर फेरी सुुखरामपुरमा चोरीको घटना भए पछि तौलिहवामा त्रास बढेको छ । श्रृखंलाबद्ध चोरीका घटना नरोकिनु दुःखद कुरा भएको मानवअधिकारकर्मी रबि ठाकुरले बताए । ‘ प्रहरीले गस्ती बढाएको भन्छ तर चोरीको घटना रोकिएको छैन ’ उनले भने ‘ चोरीले गर्दा तौलिहवाबासी त्रसित भएका छन ’ उनले भने । चोरीले गर्दा घर समेत छाडने स्थिति नभएको उनले बताए । प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले तौलिहवा क्षेत्रमा गस्ती र निग्रानी बढाइएको बताए । तर तौलिहवामा रिउमर फैलिएकोले केही समस्या देखिएको उनले बताए । आफुहरु चोर पक्राउ गर्न सुक्ष्म अनुसंधानमा लागेको बताए ।

Leave A Reply

Your email address will not be published.