८५ जना एकल महिलालार्ई प्रेसर कुकर,ज्येष्ठ नागरिकलाई कम्मल

47

कपिलवस्तु २९ माघ
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एकल महिला लाई प्रेसर कुकर तथा जेष्ठ नागरिक र अति बिपन्न नागरिकहरुलाई कम्मल बितरण गरिएको छ । वडा कार्यालयले वडाका ८५ जना एकल महिलाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल बितरण गरिएको हो । वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरु हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडाबासीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

गाउपलिकाका निमित्त प्रमुख प्रशासकी अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र बिपन्नलाई प्रथामिकतामा राखेर आवश्यक्ताका आधारमा वडाले यस्तो सामाग्री बितरण गरेर राम्रो काम गरेको बताए । वडाका बिद्यवा एकल महिला, जेष्ठ नागरिक र अति बिपन्न परिवारलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष असफाक अकमद मुसलमानले बताए । उनले आफनो वडाले सुरु देखि नै लक्षित बर्गलाई आवश्यक्ताका आधारमा यस्ता सामाग्री बितरण गर्दै आएको बताए । वडाले बिकास निर्माणका कार्य सगै शिक्षा, स्वास्थ्य र सामाजिक बिकासका कार्यलाई प्राथमिकता दिदै आएको उनले बताए । प्रेसर कुकर पाए पछि आफुहरुलाईउ अब खाना पकाउन सहज हुने एकल महिलाले बताएका छन ।

Leave A Reply

Your email address will not be published.