प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सम्पन्न

116

कपिलवस्तुमा संचालन गरिएको प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता संपन्न भएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा संपन्न प्रतियोगीतामा ६५ जनाले नाम दर्ता गराई ४ समुह बनाइएको थियो । प्रतियोगीतामा गौतम बुद्ध क्रिकेट टिमले ७ बिकेटले खेल जित्यो । भागीरथी क्रिकेट टिमले दिएको ६८ रनको लक्ष्यलार्ई १४ ओभरमा ३ बिकेट गुमाई गौतमबुद्धले जितेको छ । समापन समारोहमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बिजयी टिमलाईक कप प्रदान गर्दै क्रिकेट अहिले गाउ गाउमा युवा माझ प्रमुख रोजाई भएको बताए । उनले खेल क्षेत्रको विकासमा पालिका, प्रदेश र सघीय सरकारले लगानी बढाउनु पर्ने बताए । उनले जिल्लामा एउटा राम्रो स्टेडियम बनाउनु पर्ने बताए । खेलमा प्रर्दशन गरेको आधारमा १४ जनाको नाम मंगलवार छनौट गरी सार्वजनिक गर्ने छनौट समितिका संयोजक बिश्वेन्द्र सिंह रावलले बताए ।

लिग खेलका आधारमा कुल ७ वटा खेल खेलाइएको थियो । छनौट भएका खेलाडीहरुको कपिलवस्तु टिमले फागुन ३ गते देखि १७ गतेको बिचमा भैरहवा र लमहीमा हुने प्रदेश स्तरीय छनौटमा सहभागी हुने संघका जिल्ला अध्यक्ष प्रकाश गैरले बताए । प्रदेशका ७ जिल्लाका खेलाडीबीच खेल सम्पन्न गरि प्रर्दशनकै आधारमा लुम्बिनी प्रदेश स्तरीय खेल टिम निर्माण हुने बताइएको छ । अध्यक्ष गैरेले नेपाल राष्ट्रिय क्रिकेट टोलीको भविष्य निर्माणका लागि यस्तो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ । क्यानले प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जनाएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खा, वडा नम्बर ५ का अध्यक्ष दिलिप कुमार चौधरी, संघकी सदस्य माया ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.