कपिलवस्तु
नेपाल खानेपानी सस्थान कर्मचारी संघको आयोजनामा कपिलवस्तु नगरपालिको तौलिहवामा कार्यशाला गोष्ठी संपन्न गरिएको छ । गोष्ठीमा संस्थानको लुम्बिनी प्रदेशले दिएको सेवा, उपभोक्तको हक स्वच्छ पानी, पानी सुद्धीकरण अभियान, महसुल तथा थप सेवा ( आयोजना, योजना ) बिस्तार बिषयमा छलफल गरिएको थियो । सो अवसरमा कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले पानी मानिसको जीवनसंग जोडिएकाले सुद्ध पानी आपुर्ति गर्नु संस्थानको दायित्व रहेको बताए । उनले खानेपानीको सेवालाई शहर मात्र नभै गाउबस्ती सम्म पुर्याउनु पर्ने बताए । अहिले पनि कतिपय स्थानमा नागरिकहरुले असुद्धपानी खान बाध्य रहेकोले त्यसलाई हटाउन संस्थानले प्रभावकारी कदम चाल्नु पर्ने बताए । उनले संस्थानको बिकासकालागि सरकारले समेत ध्यान दिनु पर्ने बताए । कार्यक्रममा ईन्जीनीयर रामचन्द्र लामिछाने, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दिप श्रेष्ठले कार्य पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पाण्डेय, ट्रेड युनियन कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष काजीमान गुरुङ लगायतले संस्थाको दायरा बढाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम संस्थानका लुम्बिनी प्रदेश अध्यक्ष केशर धमलाको अध्यक्षता र अनिश शर्मा सुबेदीको संचालनमा भएको थियो ।