सामुदायिक बिद्यूत बितरक सस्थाको १६ औ साधारण सभा

57

कपिलवस्तु

सामुदायिक बिद्युत बितरक संंस्थाको १६ साधारण सभा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा संपन्न गरिएको छ । सभोका लुम्बिनी प्रदेश सदस्य बिष्णु पंथीले बत्तीको स्वित अन पछि पानमा दिल प्रज्जवलन गरी उदघाटन गरेका हुन । सो अवसरमा उनले सामुदायिक बिद्युतले यस क्षेत्रका बासीन्दाहरु लाभांबित भएको बताए । उनले बिल तिर्ने लगायतका सुबिधा आफनै गाउठाउबाट प्राप्त भएकाले यस भेगका नागरिकहरुलाई धेरै सुबिधा मिलेको बताए । उनले सामुदायिक मोडल नेपालमा सफल भएको भन्दै यस्तो मोडेललाई अवलम्बन गर्नु र्ने बताए । उनले कानुनी जटिललता र कर्मचारीतन्त्रका कारण बिकास निर्माणमा धेरै बाधा ब्यवधान सिर्जन भएको बताए । यी दुई कारणले देशका मेघा योजना सहीत जिल्लामा समेत सयममा काम सुरु हुन नसेको बताए । उनले ज जस्तो भए पनि बिगत १० बर्ष भित्र कपिलवस्तुका धेरै पुर्वाधार विकासको काम भएको बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले यो संस्था जिल्ला मात्र नभै देश मै नम्ुनाकारुपमा काम गरेको बताए । उनले समुदायको प्रत्यक्ष निग्रानीमा रहेकोले यो प्रभावकारी रहेको बताए । उनले बिद्युतीकरण सहीत अन्य विकासमा नगरपालिकाको साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले पर्यटकीय स्थल र पुरातात्विक स्थले भरीभराउ रहेको निग्हिवाको विकासमा सबैले हातेमालो गर्नु पर्ने बताए । सो अवसरमा संस्थाका अध्यक्ष अब्दुल रसिद खाँले संस्थामा सबैको प्रभावकारी सहयोग हुन पर्ने बताए । उनले बिद्युत सेवाको प्रभावकारीता बनाउन आफुहरु तत्पर रहेको बताए । कार्यक्रममा प्रािधकरणका लेखा अधिकृत प्रकाशचन्द्र गुप्ताले सामुदायिक बिद्युतको प्रभावकारीता बढाउन आफुहरुले रहतरले सहयोग गर्ने बताए । कार्यक्रममा सचवि शिवपुजन यादवले प्रगति र कोषाध्यक्ष देबी भण्डारीले ८८ लाख ३४ हजारको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरको थिए । संस्थाका अध्यक्ष अब्दुल रदिस खाँको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, ११ का अध्यक्ष रमगोपाल यादव, सल्लाहकार देवेन्द्र पोख्रेल, बसन्त मुराउ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Leave A Reply

Your email address will not be published.