कपिलवस्तु
कृषकहरुको सहजताकालागि कपिलवस्तुको मायादेवी गाउपालिका ५ बलुहवामा ३८५ कृषकलाइ ८० प्रतिसत अनुदानको स्प्रे टंकी उपलब्ध गराइएको छ । गाउपालिका प्रमुख वलीउद्दिन मुसलमान वडाध्क्ष राघवेन्द्र प्रसाद पाण्डेय वडा सदस्य अनुप कुमार तिवारी वडा सचिव श्याम कुमार कामतले किशानलाइ सो टंकी हस्तान्तरण गरेका थिए । टंकीको प्रति इकाइ लागत ४ हजार ५ सय र १८ लिटरको हो । सो अवसरमा पालिकाका प्रमुख मुसलमानले कृषकहरुको समेत आफनो २० प्रतिशत लागनी भएकाले यो टंकीको सदुपयोग हुने बताए ।

उनले कृषकहरुको हितलाई यो वडाले ध्यान दिएको भन्दै अन्य सबै वडाले समेत कृषकहरुको मीर मर्का बुझेर अघि बढनु पर्ने बताए । उनले आफनो पालिकाले समेत कृषि र पशु क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले न्युन बजेट भए पनि वडा र पालिकाले आ आफनो स्तरबाट कृषि क्षेत्रमा लागनी गरेको उनले बताए । सो अवसमरमा वडाध्यक्ष पाण्डेयले यो टंकीले आफनो वडामा रहेको कृषकहरु लाभांबति हुने बताए । उनले धान गहु तरकारी लगायतमा कीर नियन्त्रणमा यो टंकी उपयोगी हुने बताए । उनले कृषकहरुको हीतमा आफुले सधै काम गर्ने बताए ।
ब्रउन सुगर सहीत एक जना पक्राउ