कपिलवस्तु २४ माघ
कपिलवस्तुको मायादेबी गाउपालिकामा राष्ट्रपनि रनिङ शील्ड तथा अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ । पुर्व मन्त्री तथा भारतकालागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले दीप प्रज्जवलन गरी प्रतियोगीताको शुभारम्भ गरेका थिए । सो अवसरमा उनले स्वास्थ्य र प्रतिभाको विकासकालागि खेलकुद आवश्यक रहेको बताए । उनले खेलकुद क्षेत्रलाई सबै पालिाका र वडाले प्राथमिकतामा राख्नु पर्ने उनले बताए । सो अवसरमा गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानले आफनो पालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता राखेको बताए ।

उनले वडा वडामा अहिले खेलकुद प्रतियोगी भईरहेको उनले बताए । कार्यक्रममा पुर्वमन्त्री दान बहादुर चौधरी प्रदेश सदस्य चौधरी मदुसुधन चौधरी, पुर्व प्रदेश मन्त्री सहसराम यादव, गाउपालिका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामकृष्ण तेली लगायतका सहभागी रहेका थिए । वडा नम्बर ५ को सिसहनीया कोट र्मैदानमा भएको खेलमा भलीबल, कवड्डी, एथलेटिक्स लगायतका प्रतियोगीता हुने छ । प्रतियोगीतामा पालिकामा भित्रका २२ बिद्यालय सहभागी छन ।