वडाले दियो सिमावर्ती पिपरा गाउका गर्भवति महिलालाई पोषण तथा युवाहरुलाई खेलकुृद सामाग्री

523

किरणमान बज्राचार्य
कपिलवस्तु माघ १६
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ४ ले दक्षिणी सीमावर्ती पिपरा गाउका गर्भवति महिलालाई पोषण सामाग्री र युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ । वडाले १ सय ३० महिलालाई पोषणको अवस्था सुधारकालागि पोषण सामाग्री उपलब्ध गराएको वडाध्यक्ष असफाक अहमद मुसलमानले बताए । महिलाहरुलाई एक क्यारेट अण्डा, काजु किसमिस, चना र अर्गनिक नुन उपलब्ध गराइएको पालिकाका पोषण अधिकृत बिरेन्द्र कुमार यादवले बताए । पोषण सामाग्री लिन वडा कार्यालयमा महिलाहरुकोे भीड लागेको थियो । मुस्लिमको समुदायको जनसंख्या अधिक रहेको वडामा मुस्लिम महिलाहरु बुर्का लगाएर पोषण सामाग्री लिन आएका थिए । गर्भवति महिलाहरुले पोषण सामाग्री पाए पछि खुशी भएका थिए । यस्तै वडामा रहेका ९ युवा क्लवलाई १८ वटा क्रिकेट ब्याट, ५६ वटा स्टेम्प, र ७ थान भलिबल समेत प्रदान गरिएको थियो। यस्तै सोही कार्यक्रममा वडाले पशु शाखालाई भेटनरी सम्बन्धी औषधी समेत उपलब्ध गराएको थियो । गाउपालिकाका प्रमुख वलीउद्दीन मुसलमान, पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामकृष्ण तेली, वडाध्यक्ष मुसलमानले पोषण र खेलकुद सामाग्री तथा भेटनरी औषधी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा गाउपालिका प्रमुख मुसलमानले रेडीमेट सामाग्री प्रति मोह बढदा पोषण अवस्था नाजुक बन्दै गएको बताए । उनले सबैले घर रहेका साग सब्जी, खाद्यान्न लगायत चिजलाई प्राथमिकता दिनु पर्ने बताए । उनले पालिकाले स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथकितामा राखेको बताए । उनले सबै वडाले महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउनु पर्ने बताए । सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत तेलीले पालिका र वडाले स्वास्थ्य शिक्षा, खेलकुदलाई प्राथकितामा राखेर अघि बढेको बताए । कार्यक्रममा वडाध्यक्ष मुसलमानले आफनो वडामा महिला, बुद्धबृद्धा युवा, कृषि शिक्षा लगातयका क्षेत्रलाई प्राथकितामा राखेर पररदर्शीरुपमा काम गरेको बताए । कार्यक्रममा वडा सदस्य ह्रदराम यादव, सर्वजित पासी, ईरनमति धोबी, वडा सचिव शिव गुलाम कलवार, पोषण अधिकृत बिरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख महेश कुमार पाण्डेय लगायतको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.