कपिलवस्तु
जबरजस्तीकरणी मुद्दामा अदालतबाट सजाय तोक पछि लामो सयम देखि फरार रहदै आएका कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा नं.२ मदरगढ बस्ने सोलिन्दर अहिर पक्राउ परेका छन । बलत्कार पछि फरार रहदै आएका उनलाई ईलाका प्रहरी कार्यालयको टोलीले शुद्धोधन गाँउपालिका वडा नं.६ बिमिहाँबाट पक्राउ गरेको हो । जबरजस्तीकरणी मुद्दामा अहिरलाई ६ बर्ष १ महिना १२ दिनको सजाय तोकिएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल क्षेत्रीले बिभिन्न कसुरमा अदालतबाट सजाय ताके पनि फरार रहदै आएका प्रतिबादीहरुलाई आफुहरुले पक्राउ गर्ने अभियन नै चलाएको बताए । उनले अन्य प्रतिबादीलाई समते पक्राउ गर्ने बिशेष टोली नै खटाइएको उनले बताए । अहिरलाई कैद भुक्तानकालागि कारागार चलान गरिएको छ ।