माओवादी केन्द्र कपिलवस्तु नगरपालिका वडा नं. ४ मा नयाँ समिति गठन

144

कपिलवस्तु नगरपालिका वडा नं. ४ मा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले बृज विहारी कुर्मीको नेतृत्वमा ४५ सदस्यीय वडा समिति चयन गरेको छ। समितिमा बनवारी रैदास उपाध्यक्ष, राम विनोद चौधरी सचिव, र गुन्जेश्वरी श्रीवास्तव सह-सचिवको जिम्मेवारीमा चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्ति देवी हरिजनले माओवादीले महिलाहरूको स्वतन्त्रता र अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिलाहरूलाई जागरूक बनाउने काममा पार्टी लागिपरेको बताइन्।

विशिष्ट अतिथि माओवादी केन्द्रका जिल्ला संयोजक विण्णु बेलवासेले माओवादी नै देशलाई निकास दिने एकमात्र पार्टी भएको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादीलाई देशभर विजयी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले गरिब, निमुखा र दलितहरूको समस्या बुझ्ने पार्टी माओवादी मात्रै भएको स्पष्ट पारे।

त्यस्तै, लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड लाल सिंहले माओवादीले देशलाई १९ घण्टे लोडसेडिङबाट मुक्त गरीउज्यालो बनाएको भए पनि त्यसको जस लिन नसकेको बताए।

कार्यक्रम नगर सचिव राम राज दुबेले सञ्चालन गरेका थिए भने नगर अध्यक्ष पिताम्बर ठाकुरको नेतृत्वमा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.