कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १ मा ‘ स्वास्थ्यकालागि खेलकुद र राष्ट्रकालागि खेलखुद ’ भन्ने नाराकासाथ दाश्रो वडास्तीय क्रिकेट प्रतियोगीता सुरु गरिएको छ । मेयर अब्दुल कलाम खा, उप मेयर रिता कुमारी चौधरी र वडाध्यक्ष प्रमोद कुमार चौधरीले. रिबन काटेर प्रतियोगीताको संयुक्तरुपमा उदघाटन गरेका हुन । सो अवसरमा मेयर अब्दुल कलामले खेल र खेलाडीको विकासकालागि पालिकाले सक्दो लगानी गरेको बताए । उनले खेलकुद क्षेत्रको विकासकालागि ३ वटै तहको सरकारले लगानी बढाउनु पर्ने बताए ।

उनले क्रिकेट खेलको क्रेज नेपालमा बढीहरको सन्दर्भमा वडाले क्रिकेट प्रतियोगीता राख्नु सरहनीय काम भएको बताए । उप मेयर रिता कुमारी चौधरीले वडा नम्बर १ ले क्रिकेट प्रतियोगीता राखेर क्रिकेट खेल र खेलाडीको विकासकालागि राम्रो काम गरेका बताईन । सो अवसमरा वडाध्यक्ष चौधरीले युवाहरुको चाहना अनुसार नै आफनो वडामा क्रिकेट प्रतियोगीता राखिएको बताए । उनले आगामी दिनमा यो प्रतियोगीतालाई अझै बृहदरुपमा अघि बढाईने बताए । माघ २ सम्म चल्ने खेलमा ८ वटा टीमा सहभागी छन । बिजयी टोली मध्ये प्रथमलाई नगद १२ हजार र कप र द्धितीय हुनेलाई नगद ८ हजार सहीत कप प्रदान गरिने वडाध्यक्ष चौधरीले बताए । मैन अफ द सिरिजलाई समेत पुरस्कृतत गरिने छ ।