कपिलवस्तु जिल्ला अदालतले विभिन्न मितिमा सुनाएका पाँच फरक मुद्दामा दोषी ठहर गर्दै ६१ वर्ष कैद सजाय तथा ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त सोमई भन्ने प्रकाश कहारलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले अभियुक्तलाई मिति २०८१।०९।२३ गते कृष्णनगर नगरपालिका–०१ गुर्चिहवाबाट फेला पारी नियन्त्रणमा लिएको हो। सोमईलाई खुन डाँका, डाँका, तथा चोरीका मुद्दाहरूमा अदालतले दोषी ठहर गरेको थियो।
पक्राउ परेपछि उनलाई मिति २०८१।०९।२५ गते अदालतमा पेश गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहन मणि अधिकारीले जानकारी दिनुभएको छ।