कपिलवस्तु २४ पुस
बीउ ब्यवसायी संघ कपिलवस्तुको दोश्रो साधारण सभा कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । लुम्बिनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले पानसमा दीप प्रज्जवलित गर्दै बीउ ब्यवसायीको सवाल र समस्याका बिषयमा प्रदेश सरकारमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे । उनले ब्यवसायीहरुले सम्बन्धी निकायमा दर्ता गरेर मात्र आफनो ब्यवसाय संचालन आग्रह गरे । उनले कपिलवस्तुको प्रमुख आयश्रोत नै कृषि रहेको भन्दै कृषि क्षेत्रको विकासमा तीन वटै तहले सहुलीत र लगानी बाढउदै जानु पर्ने बताए । उनले बीउ बिजन ब्यवसायीले उठाएका कुराहरु जायज रहेको बताए । उनले कृषकहरुले समेत दर्तावाल ब्यवसायीसंग मात्र गुणस्तीय बीउ किन्न आग्ह गरे । सो अवसरमा संघका प्रदेश अध्यक्ष युवराज पौडेलले भारतीय बीउ निर्वाधरुपमा अबैधानिक तरिकाले भित्रिदा नेपाली बीउ ब्यवसायी मर्कामा परेको बताए । भारतमा सस्तो भएकाले कृषकहरु गुणस्तीयताको ख्याल नगरी किन्न जाने गरेकोले यसप्रति सबै सचेत रहनु पर्ने बताए । उनले नेपाली बीउ ब्यवसायीहरुको पीर मर्का ३ वटै तहका सरकारले बुझनु पर्ने बताए ।

सो अवसरमा संघका जिल्ला अध्यक्ष रामचन्द्र मुराउले बीउ ब्यवसायीको समस्या समाधानकालागि सरकारले पहल गर्नु पर्ने बताए । आफुहरुले कृषकहरुलाई गुणस्तरीय बीउ उपलब्ध गराउदै आए पनि भारतीय बीउका कारण धेरै मर्कामा परेको बताए । कार्यक्रममा संघका जिल्ला सचिव सुदीप भुसालले संघको प्रगति प्रतिबेदन समेत प्रस्तुत गरे । रामचन्द्र मुराउको अध्यक्षता, रुपक बनियाको संचालनमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य प्रदीप आचार्य, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, बिषादी ब्यवसायी संघका अध्यक्ष संजय चौधरी, कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेल, कपिलवस्तु नगरपालिका कृषि शाखा प्रमुख भगवानदास गुप्ता, विकास सिड कम्पनीका संचालन खुर्सेद अहमद खाँ, ईन्टरनेशनल सिट कम्पनीका संचालक सलील खा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।