कपिलवस्तुमा बिकराल बन्दै गएको हात्तीपाईले र कुष्ठरोग निवारणका लागि साझा प्रयास आवश्यक

88

किरणमान बज्राचार्य
कपिलवस्तु पुस ११
कपिलवस्तुमा बर्षो देखि अभियान चलाइए पनि बिकराल बन्दै गएको हात्तीपाईले र कुष्ठरोगको निवारणकालागि सबैको साझा प्रयास आवश्यक रहेको कपिलवस्तको तौलिहवामा आयोजित सल्लाहकार बैठकमा औल्याइएको छ । फेरमेड फाउन्डेशन नेपालको सहयोगमा कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रद्धरा जिल्लाका १० वटै पालिकामा संचालित आधारभुत परियोजना सम्बन्धी जिल्ला परियोजना सल्लाहकार बैठकमा सो कुरा औल्याइएको हो । जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले हात्तीपाईले र कुष्ठरोग निवारणकालागि कपिलवस्तुमा लामो सयम देखि चलाइएको अभियान प्रभावकारी नहुदा ती रोगका रागीहरु अझै सम्म जिल्लामा फेला परीरहेको बताए । अझै थ्प्रै हात्तीपाईले र कुष्ठरोगीहरु समाजमा लुकेर बसेका छन तिनिहरुलाई बाहिर ल्याउन जरुरी रहेको बताए । ती रोग बिरुद्ध निःशुल्क औाषधी बितरण गरिए पनि सबैले सेवन नगर्दा दुबै रोगहरु अझै सम्म देखा परेको उनले बताए । उनले यी सबै कारणले कपिलवस्तु लुम्बिनी प्रदेश मै स्वास्थ्य क्षेत्रमा सबै भन्दा कमजोर देखिएको बताए । कपिलवस्तुमा १६ औ चरणमा हात्तीपाईलको आम औषधी सेवन अभियान चलाइएको छ । यस्तै कुष्ठरोगकालागि समेत बिगत लामो सयम देखि अभियान चलाइर्ए पनि दुबै रोगको अझै उन्मु्लन हुन सकेको छैन । हात्तीपाईले र कुष्ठरोगीहरु धमधम फेला परीरहेका छन । कुठरोगलाई १ प्रतिशत भन्दा कममा झार्ने योजना रहे पनि अझै सम्म २ दशमलव ७ प्रतिशत भन्दा बढी कुष्ठरोगी फेला परेका छन । जिल्लामा गत आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ८८ जना कुष्ठरोगी फेला परेका थिए । यस्तै चालु आर्थिक बर्षको साउन देखि मंसिर सम्म ७५ वटा बढी नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत माहोम्द ईरफानले बताए ।
प्रति १० हजारमा एक जना भन्दा कम मा झार्ने सरकारी योजना रहे पनि औषधी सेवन प्रभावकारी नहुदा समस्या भएको आचार्यको भनाई छ । अब रोग निवारणकालागि सबैको साझा प्रयास आवश्यक रहेको उनले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछि परेको कपिलवस्तुमा अझै सम्म हात्तीपाईले र कुष्ठरोग निमुल ह्ुन नसक्नुु दुःखद कुरा भएको बताए । शिक्षा क्षेत्रका विकास नभई सो रोग बिरुद्ध पार पाउन मुस्किल रहेको भन्दै उनले तिनै तहका सरकारले कपिलवस्तुको शिक्षाको विकासमा लगानी बढाउनु पर्ने बताए । उनले सबै पालिका सहीत सरोकारवालाहरुले सो रोग बिरुद्धको अभियानमा साथ दिन आग्रह गरे । सो अवसरमा बुद्धुभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नागरिकहरुले औषधी सेवन नगर्दा यो रोग अझै बल्झिएको बताए । उनले २ बर्ष सम्म औाषधी सेवन गरिए हात्तीपाईल रोग नलाग्ने भन्दै सबैले ईमान्दारीपुवक औषधी सेवन गर्नु पर्ने बताए । सो अवसरमा शिवराज नगरपालिका मेयर अजय थापाले हात्तीपाईले र कुष्ठरोग बिरुद्धको महाअभियानमा आफुहरुको पुरा साथ रहेको प्रतिबद्धता ब्यक्त गरे । ‘ हामीले अभियानमा सबै किसिमको साथ दिन्छौ ’ उनले भने । सो अवसरमा फेरयमेडका परियोजना प्रमुख शशीलाल कर्णले हात्तीपाईले र कुष्ठ रोगलाई उन्मुलन गर्न सबै पालिकाहरुले साथ दिनु पर्ने बताए । सो अवसरमा परियोजना जिल्ला संयोजक निशान कुबरले सन २०२४ मा परियोजनाबाट संपन्न गरिएको क्रियाकलाप र उपलब्धीका बिषयमा जानकारी गराएका थिए । परियोजानाले जिल्लामा हात्तीपाईलेर कुष्ठ रोग र उष्ण प्रदेशीय रोग लगायतका स्वास्थ्य क्षेत्रको विकासमा सन २०१९ देखि २०२४ सम्म काम गरेको हो । परियोजना अन्र्गत १६ हेरचार समुहमा ३ सय ४ जना सदस्य आबद्ध छन । समुहका ८४ जना भैसी, बाख्रा पालन लागयतका आयआर्जनमा लागेका छन । प्रत्येक समुहलाई ७० हजार अनुदान समेत दिइएको परियोजनाका कुवरले बताए । ती समुहलाई बाणगंगा, बुद्धभुमी, शिवराज महराजगंज, नगरपालिका तथा बिजयनगर र सुद्धोदन गाउपालिकाले समते सहयोग गरेका छन । जिल्लाका बुद्धभुमी र शिवराज नगरपालिका र सुद्धोदन गाउपालिकाले स्वयम हेरचारको कार्यबिधि समेत पास गरेका छन । कुष्ठरोगको खोजपडतालमा स्वास्थ्य कार्यालयसंग संयुत्तरुपमा काम गरेको, १२ वटा बर्थिङ सेन्टर, ६ वटा प्रयोगशाला लागायतलाई सहोग गरिएको छ । स्वयम हेरचार समुहका सदस्य अजय थारुले आफुहरुलाई संघीय, प्रदेश र पालिकाले सहयोग गनू पर्ने बताए । एमसिआर जुत्ताचप्पलका प्रशिक्षक समेत रहेका थारुले यसकालागि पनि सबैले सहयोग गर्नु पर्ने बताए । यसैबिच जिल्ला समन्वय समितिका प्रमुख आचार्यको अगुवाईमा बुद्धुभुमी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम समेत संपन्न गरिएको छ । सो अवसरमा मेयर श्रेष्ठले महिला स्वयमसेविकालाई पालिकाले समते कम्तीमा २ सय रुपैया भए पनि सहयोग गर्नु पर्ने बताए । यस्तै कजराहवा स्वास्थ्य चौकी र रंगपुर हेरचार समुहसंग समेत सल्लाहकार समतिका सदस्यहरुले अनुगमन गरी अन्तरक्रिया समेत गरको थियो । गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय,स्वास्थय कार्यालयका प्रमुख नारायण प्रसाद चौधरी कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल, हात्तीपाईले र कुष्ठरोग निवारणकालागि सबैले मिलेर काम गर्नु पर्ने बताएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.