प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध कपिलवस्तुमा हस्ताक्षर अभियान

463

कपिलवस्तु,, प्यालेस्टाइनमाथि इजरायलले जारी राखेको आक्रमण र नरसंहारको विरोधमा कपिलवस्तुमा पनि विभिन्न वामपन्थी र समाजवादी दलहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। नरसंहार विरुद्ध हस्ताक्षर अभियान शीर्षकमा सुरु गरिएको यो अभियानमा विभिन्न पार्टीहरूको सहकार्य रहेको छ।

यस अभियानमा सहभागी राजनीतिक दलहरूमा नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), र नेपाल समाजवादी पार्टी छन्।

उक्त अभियानको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु र प्यालेस्टाइनको अधिकारको पक्षमा जनमत निर्माण गर्नु रहेको कपिलवस्तु माओवादी केन्द्र का जिल्ला संयोजक विण्णु बेलवासेले बताएका छन्। कार्यक्रमका क्रममा सहभागीहरूले इजरायलले गरेको हिंसा र आक्रमणको कडा भर्त्सना गर्दै न्यायको पक्षमा ऐक्यबद्धता जनाएका छन्।

संबन्धित नेताहरूले हस्ताक्षर अभियानमा सक्रिय सहभागिता जनाउन आम नागरिकहरूलाई आह्वान गरेका छन्।

b 4
Leave A Reply

Your email address will not be published.