वाईसीएल कपिलवस्तुको जिल्ला संयोजकमा राकेश यादव निर्वाचित

281

कपिलवस्तु: नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा कपिलवस्तुमा सम्पन्न भएको छ। तौलिहवास्थित बालमन्दिरमा सम्पन्न सम्मेलनले राकेश यादवलाई जिल्ला संयोजकमा निर्वाचित गर्दै ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको हो। सचिवमा पूर्णबहादुर बुढा मगरसहितको नयाँ नेतृत्व चयन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले मन्तव्य दिँदै वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। खनालले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउँदा कांग्रेस र एमाले डराएर एकताबद्ध भई सरकार बनाएको दाबी गरे। “अबको सरकार माओवादीले ढाल्न नपर्ने; जनताहरू आफैं सचेत भइसकेका छन् र यो सरकारलाई जनताले नै गिराउने छन्,” खनालले बताएका छन्।

कार्यक्रमका विशिष्ट अतिथि, वाईसीएल नेपालका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले वर्तमान सरकारलाई “जनताका लागि नभई, हुनेखाने र भ्रष्टाचारीहरूको लागि मात्र काम गरिरहेको” भनी कटाक्ष गरे। उनले वाईसीएलले आगामी दिनमा सरकारलाई खबरदारी गर्दै दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरे। कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, केन्द्रिय सदस्य कमल चुँदाली, रुद्रलाल बन्जाडे, जीत बहादुर थारु, शान्तीदेवी हरिजन, इशरार मुसलमान, शेरधन थारु, काशीराम यादव, बिष्णु बेल्बासे, वाइसिएल केन्द्रिय सचिव माधव बस्नेत, वाइसिएल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मुकेश थापा, बिशेष प्रदेश संयोजक प्रेम चापागाई, लगायत बिभिन्न जनबर्गीय संगठन प्रमुखहरुको आतिथ्यता रहेको थियो । वाइसिएल केन्द्रिय सदस्य शिव बन्जाडेको अध्यक्षता, प्रदेश कमिटी सदस्य एबी ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन मधुसुदन गन्धर्वले गर्नुभएको थियो ।कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, केन्द्रिय सदस्य कमल चुँदाली, रुद्रलाल बन्जाडे, जीत बहादुर थारु, शान्तीदेवी हरिजन, इशरार मुसलमान, शेरधन थारु, काशीराम यादव, बिष्णु बेल्बासे, वाइसिएल केन्द्रिय सचिव माधव बस्नेत, वाइसिएल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मुकेश थापा, बिशेष प्रदेश संयोजक प्रेम चापागाई, लगायत बिभिन्न जनबर्गीय संगठन प्रमुखहरुको आतिथ्यता रहेको थियो । वाइसिएल केन्द्रिय सदस्य शिव बन्जाडेको अध्यक्षता, प्रदेश कमिटी सदस्य एबी ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन मधुसुदन गन्धर्वले गर्नुभएको थियो । सम्मेलनले युवा नेतृत्वलाई थप सशक्त बनाउँदै पार्टी संगठनलाई मजबुत बनाउन प्रतिवद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.