नेकपा (माओवादी केन्द्र) मा बैध समूहका केन्द्रीय सदस्यहरूको प्रवेश

191

बैध समूह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य शेर मान थारु, लुम्बिनी प्रदेश समिति सदस्य टुकलाल पुन, विर बहादुर सुनार, माया थापा, रञ्जित यादव तथा कपिलवस्तु जिल्ला समिति सदस्य रामप्रसाद खनाल लगायतका नेताहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौँस्थित आफ्नो निवासमा खादा लगाई उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

उक्त कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (वलदेव), कपिलवस्तु जिल्ला इन्चार्ज रुद्र बन्जाडे लगायतका नेताहरूको उपस्थिति रहेको थियो। पार्टी प्रवेश समारोहमा इन्चार्ज बन्जाडेले भने, “अहिले जनताको आशा र भरोसाका लागि माओवादीले मुख्य भूमिका खेल्न सक्ने हुँदा पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दो छ।”उनीहरुको प्रचन्ड निवास बाट मुल घरमा नै फर्किएको बन्जाडे ले भने ।

b 4
Leave A Reply

Your email address will not be published.