कपिलवस्तु २८ कार्तिक
कपिलवस्तुका चर्चित नेता स्वर्गीय भगवानदास गुप्ताको २७ औ पुन्य तिथीमा गरिएको रक्तदान कार्यक्रममा ३६ प्वाईन्ट रगत संकलन भएको छ । भगवानदास स्मृति प्रतिस्ठानको आयोजनामा बुद्धपदम माबिको मैदानमा राखिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन । प्रतिस्ठानले स्मृति दिवसमा हरेक बर्ष रक्तदान कार्यक्रम गर्ने गरेका छ ।

यसै सन्दर्भमा प्रतिस्ठानलले कपिलवस्तु अस्पतालका बिरामी र तौलिहवा स्थित बालगृहका बालकहरुलाई फलफुल बितरण गरेको छ । यस्तै बाल मन्दिर अघि रहेको स्वर्गीय गुप्ताको शालीकमा माल्यापर्ण समेत गरिएको छ । प्रतिस्ठानले स्मृति सभा कार्यक्रम समेत संपन्न गरेको छ । सभामा प्रदेश सदस्य गिरीधारीलाल न्यौपाने, एमाले नेता डम्मर शर्मा, राष्ट्रिय सभा पुर्व सदस्य दिर्घनारायण पाण्डेय, डाक्टर किशोर बन्जाडे, साहित्यकार हरिराज शर्मा मायादेबी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष जर्नादन चौधरी, सन्तराम अग्रहरी लगायतले स्वर्गीय गुप्ताले कपिलवस्तुको विकासमा स्वर्गीय गुप्ताले दिएको योगदानको चर्चा गरेका थिए । पुर्व सांसद तथा प्रतिस्ठानका अध्यक्ष बृजेश कुमार गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।