बुद्धभुमी नगरपालिका द्धार बालगृहका बालकलाई कम्मल वितरण

63

कपिलवस्तु २२ कार्तिक
कपिलवसस्तुको तौलिहवा स्थित बालगृहका बेसाहरा बालकलाई कम्मल बाडिएको छ । बुद्धभुमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालकहरुलाई कम्मल बाडेको हो । मेयर केशव कुमार श्रेष्ठले बालगृहका बालकहरुलाई कम्मल हस्तान्तरण गरेका थिए । मेयर श्रेष्ठले आफुले बाचा गरे अनुसार नै बालगृहका बालकहरुलाई कम्मल उपलब्ध गराएको बताए । उनले बालगृहलाई आफनो नगरपालिकाले बिभिन्न सामाग्री खरिदकालागि बार्षिक २ लाख बजेट बिनियोजन समेत गरेको बताए । बालगृहलाई सबैले सहयोग गरी बेसाहरा बालकलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

उनले आफनो पालिकाले बालगृहलाई थप सहयोग गर्ने समेत प्रबिद्धा ब्यक्त गरे । सो अवसरमा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीले बुद्धभुमी नगरपालिकाले बालगृहलाई लामो सयम देखि सहयाग गर्दे आएको बताए । उनले बालगृहकालागि सरकारी स्तरबाट कुनै सहयोग नभएको गुासो गरे । उनले बालगृहको विकासकालागि ३ वटै तहका सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा बालगृहका ब्यवस्थापक राम प्रासद अर्यालले बुद्धभुमी नगरपालिकाले बालगुहलाई धेरै माया गरेको बताए । बार्षिकरुपमा २ लाख सहयोगका साथै दशै लगायतका पर्वहरुमा समेत सामाग्रीहरु सहयोग गर्ने गरेको उनले बताए ।

b 4
Leave A Reply

Your email address will not be published.