नारी शील्पकला केन्द्रको २५ औ साधारण सभा

87

कपिलवस्तुका तौलिहवा स्थिति नारी शील्पकला केन्द्रको २५ औ साधारण सभा संपन्न गरिएको छ । सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले ४ दशक बढी समय देखि महिलाको सिप विकासमा केन्द्रले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले केन्द्रलाई अझ सशक्तढंगले अघि लैजानु पर्ने बताए । उनले केन्द्रको विकासकालागि आफनो क्षेत्रको बजेटबाट १० लाख बजेट बिनियोजन गरेको उनले बताए । उनले केन्द्रको विकासकालागि आफुले थप सहयोग समेत गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले केन्द्रमा सिपमुलक सहीत प्रबिधि, नेतृत्व विकास लगायतका तालिम समेत संचालन गर्नु पर्ने बताए । कार्यक्रममा केन्द्रका पुर्व अध्यक्ष बसन्त कुमारी सिंह, कपिलवस्तु क्याम्पसका पुर्व क्याम्पस प्रमुख देबेन्द्र पाण्डेय, सल्लाहकार रबि ठाकुर , राजु प्रसाद अर्याल, दिनेश हमाल, सबिता श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा समाजेबी दिनेश हमालले आफनो आमाको नाममा केन्द्रलाई २ वटा सिलाई मेशीन उपलब्ध गराउने घोषणा गरेका थिए । कार्यक्रममा लक्ष्मी कार्की श्रेष्ठले प्रगति र बिमाला महराले आर्थिक प्रतिबेदन पेश गरेका थिए । कांग्रेस नेता दीप कुमार उपाध्यायको पहलमा ५० लाख बजेट ल्याइएको सोही रकमबाट ६ वटा सटर र ४ कोठे भवन निर्माण गरिएको बिवरण समेत पेश गरिएको थियो । केन्द्रले आगामी दिनमा सिटिबिटीबाट मन्टेश्वरी कक्षा संचालन, ब्युटीशियन तालिम लगायतका अल्पकालीन तालिमकालागि मान्यता समेत पाएको अध्यक्ष मिथुला उपाध्यायले बताईन । ४ दशक बढी लामो ईतिहास बोकेको केन्द्रको भौतिक र आर्थिक विकासकालागि जिल्लाका पालिका प्रदेश बिभिन्न दाताहरुकालागि आर्थिक सहयोगकालागि पहल गरिएको बताईन । उनले केन्द्रलाई आर्थिक र भौतिकरुपमा संपन्न गरी लैजान सबैको सहयोग आवश्यक रहेको उनले बताईन । कार्यक्रममा आजीवन सदस्यलाई प्रमाण पत्र समेत बाडिएको थियो । कार्यक्रममा केन्द्रकी अध्यक्ष उपाध्यायको अध्यक्षता लक्ष्मी कार्कीको संचालन र अनिता श्रीमालको स्वागत मन्तब्यमा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.