बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राबिधिक समुहको बैठक

62

बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राबिधिक समुहको बैठक तौलिहवामा संपन्न गरिएको छ । यो समुहमा महराजगंज र कृष्णनग नगरपालिका ताथ बिजयनगर गाउपालिकाका शिक्षा तथा खेलकुद र स्वास्थ्य शाखा प्रमुखलाई समेत समाबेश गर्ने निाणर््य गरिएको छ । यस अघि कपिलवस्तु र शिवराज नगरपालिका तथा सुद्धोदन गाउपालिकालाई समुहमा समाबेश गरी काम अघि बढाइएको थियो । यस्तै यो समुहमा ६ वटा पालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको छ । बैठकमा युएनएफपिएका संयोजक संजय पंडीतले रुपान्तरित लक्ष्य र काम गर्ने क्षेत्रहरुका बिषयमा जानकारी गराएका थिए । यस्तै एनएफसिसिका प्रदेश संयोजक सुशील आचार्यले संस्थाका गतिबिधि र उपलब्धीका बिषयमा जानकारी गराएका थिए । बृहत्तर यौनिक शिक्षालाई प्रभावकारीरुपमा बिद्यालयमा अघि लैजाने गरी काम अघि बढाईने समुहका संयोजक तथा शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताए । ती पालिकाका ३ बिदालयमा स्थापना गरिएका सुचना केन्द्र र त्यहा रहेको सामाग्रीहरुलार्इृ सहीढंगले सदुपयोग गर्ने समेत जोड दिइएको छ । समुहको बैठक समन्वय प्रमुख घिमिरेको अध्यक्षता र चोपलाल बेल्बासेको संचालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.