कपिलवस्तुमा सामाजिक संस्थामा अग्रणीरुपमा रहेको कालिका स्वावलम्बन सामाजिक केन्द्रको ३० औ साधारण सभा तथा १५ औ अधिबेशनबाट निर्बिरोधरुपमा मंदीप सिंहको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्वाचित भएका छन । कार्य समिति सदस्यहरुमा प्रशान्त कार्की, शान्ता पौडेल, अजय चौधरी, प्रबीण श्रीवास्तव, नन्दीनी गुप्ता, सन्तराम अग्रहरी प्रेम मोहन सिंह र सिमा शर्मा ठाकुर निर्वाचित भएका छन । उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन कार्य समितिको पहिलो बैठकबाट हुने बताएको छ । साधारण सभाको पानसमा दीप प्रज्जवलीत गरी उदघाटन गर्दै लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेयले काकिला संस्थाले जिल्लाको सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले पछि परेको कपिलवस्तुको विकासकालागि संस्थाले अझ प्रभावकारीरुपमा काम गर्नु पर्ने बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कालिकाले जिल्लाको दक्षिणी भेगका उदाहराण्ीय काम गरेको बताए । उनले सस्थाले सबै सरोकारवालासंग समन्वय गरी अघि बढेको बताए । सो अवसरमा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले कालिका संस्था सामाजिक क्षेत्रमा जिल्ला कै अग्रणी संस्थाकारुपमा परिचत भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, सल्लाहकार राजु प्रसाद अर्याल, कालिकाका पुर्व अध्यक्षहरु राजेश प्रताप शाक्य र संजय लम्साल, पुर्व महासचिव बाबुराम भण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, गैरसरकारी संस्था महासंघकी लुम्विनी प्रदेश अध्यक्ष जित कुमारी बेलवासे कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रशान्त कार्कीले स्वागत मनतब्य व्यक्त गरेका थिए भने महासचिव शान्ता पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । अन्तराष्ट्यि संघ संस्थाहरुको प्रतिनिधीको रुपमा डब्लु एच.एच.का प्रतिनिधी उत्तम शर्मा, हेलेन केलर ईन्टरनेशनलका प्रतिनिधी भरत शर्मा, आई.डी.ई.नेपालका प्रतिनिधी जंग बहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य दिएका थिए । २०३७ सालको कालिका स्र्पोट्स क्वलकारुपमा स्थापना भएको थियो । २०५१ सालमा प्रशासन कार्यालयमा बिधिवत दर्ता भई हाल सम्म काम गर्दै आएको छ ।