एमाले कपिलवस्तु नगर समिति अध्यक्षमा प्रजापती निर्बाचित

76

कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु नगर समिति अध्यक्षमा श्याम प्रजापती निर्वाचित भएका छन । अध्यक्षका प्रत्यासी हुमनाथ पाण्डेयलाई १६ मतले पराजित गर्दै प्रजापति दोश्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन । प्रजापतिले ६७ पाण्डेयले ५१ र अध्यक्षका अर्का उम्मेदवार धिरज कुमार गुप्ताले ५ मत पाएका थिए ।बिभिन्न बाधा ब्यवधान र समस्यालाई चिर्दै प्रजापति अध्यक्षमा बिजयी भएका हुन । यस्तै उपाध्यक्ष रुकैया खातुन, सचिवमा शयाम सुबेदी , उप सचिवमा अरुन चौधरी र महिला उप सचिवमा निर्मला गौतम निर्वाचित भएका छन । १२ वडा बार्ड रहेको नगरमा कुल १ सय ४० मत छ । अध्यक्षमा ५ जनाको नाम चर्चा चलेको थियो । किरण देवकोटा र भोजराज खनान अध्यक्षको उम्मेदवारीबाट अन्तिममा पछि हटेका थिए । एमाले नेता तथा पुर्व सांसद बृजेश कुमार गुप्ताको क्षेत्रमा पर्ने यो पालिका आ आफनो पक्षमा ल्याउन निकै कसतर गरिएको थियो । प्रजापतिलाई वर्तमान एमाले अध्यक्ष बावुराम खनाल सहीतको टोलीले साथ दिएका थिए । यस्तै पराजित पाण्ण्डेयलाई भने एमाले नेता गुप्ताले साथ दिएका थिए । प्रजापतिले नगर समतिलाई क्रियाशील बनाई पार्टीलाई मजबुत बनाउने प्रतिबद्धा ब्यक्त गरेकाछन ।

Leave A Reply

Your email address will not be published.