स्थानीय तह र प्रदेशको अधिकार खोस्न कांग्रेस र एमाले सरकारमा गएका हु ः जनमत अध्यक्ष राउत

149

कपिलवस्तु १ असोज
जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले दुई बिपरित धुब्रमा रहेका कांग्रेस एमाले पार्टी संबिधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन । संबिधानको रक्षा र संशोधनको दुहाई दिएर दुई बिपरित दिशामा रहेको पार्टीले सरकार बनाएको भने पनि ती दुई पार्टीले प्रदेश र स्थानीय तहको भएको अधिकार समेत कटौती गरी सिंह दरबारमा लैजान खोजेको उनले बताए । जनमत पार्टी कपिलवस्तुले तौलिहवमा राखेको प्रशिक्षण तथा दशै तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘ संबिधान संशोधन गर्ने नाममा दुई ठुला पाटीले सरकार बनाउने कारण स्थानीय तहको अधिकार खोस्न र प्रदेश खारेज गर्न हो ’ उनले भने । स्थानीय तह र प्रदेश सरकारलाई बढी अधिकार दिइए केन्द्रिय शासन सत्ता डगमाउने भएकाले अधिकार खोस्न लागिएको उनले दाबी गरे । स्थानीय तह र प्रदेशको अधिकार अहिले पनि सिंह दरबार कै कन्ट्राल मै रहेको उनको भनाई छ ।संबिधान संशोधन अधिकार दिनकालागि हुन पर्छ , अधिकार खोस्न होईन ’ उनले भने ‘ बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई हामीले खोस्न दिदैनौ ’ । संबिधान मार्फत मधेसी मुस्लिम आदीबासीले पाएको अधिकार आफुले खोस्न नदिने भन्दै उनले त्यसकालागि आफुहरु संघर्ष गर्ने बताएका छन । संघीयतालाई बलियो बनाउनु पर्नेमा पंगु बनाएको उनले बताए । सामाजिक लोकतन्त्रकालागि समेत संघीयतालाई बलियो बनाउनु पर्ने उनले बताए । उनले प्रदेशको पुर्र्नसिमांकन र निर्वाचन क्षेत्रको पुर्न संचारना हुने पर्ने बताए । भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनु पर्ने उनले बताए । प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनु पर्ने उनले माग गरे । आफुहरु संघर्ष र आन्दोलनकालागि तयार रहेको उनले बताए । सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी पार्टी प्रबेश गरेका नेता कार्यकर्ताहरुलाई खादा र अबिर लागएर स्वागत गरेका थिए ।कार्यक्रम शैलेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.