कपिलवस्तु ३१ भदौ
कक्षा १ देखि ३ सम्मको गणित बिषयको पढाईको गणुस्तर बढाउन कपिलवस्तु सहीत ७ जिल्लामा पाँच वर्षे आधारभूत विद्यालय शिक्षा सुधार परियोजना संचालन गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जापान अन्र्तराष्ट्रिय विकास सहयोगमा नियोगको समन्वयमा सो परियोजना संचालन भएको हो । कपिलवस्तुको तौलिहवामा शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा तौलिहवामा जिल्लाका १० पालिकाका सो परियोजना बारे शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रममा सो जानकारी गराइएको हो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत प्रकाश कुमार खरेलले परियोजनालाई प्रभावकारी कार्यान्वयमा जोड दिए । पालिकाको सबै तहकौ समान भुमिका रहने तथा परियोजनामा शिक्षक तालिम, सामाग्री व्यवस्थापन तथा पाठ्यक्रमकौ अवस्था अध्ययन हुने भएकाले यसले गणित विषयको सिकाइमा सुधार ल्याउन उनले बताए । उनले सो परियोजना ७ जिल्लाका ८२ पालिकामा संचालन गरिएको बताए । कक्षा १ देखि ३ सम्मको पढाइमा स्तरीयता कायम गर्न परियोजना केन्दिूत रहने उनले बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले हरेक सुचकांकमा पछि परेको कपिललस्तुमा परियोजनाले केही भए पनि सुधार ल्याउने बताए । उनले शिक्षाको सुधारकालागि पालिका र पालिका शिक्षा शाखा प्रमुखले समेत बिशेष ध्यान दिनु पर्ने उनले बताए । सो अवसरमा जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले परियोजनालाई दोहोरोपन नहुने गरी अघि बढाउनु पर्ने बताए । परियोजनाले मुख्य रुपमा कक्षा १ देखी ३ कक्षाको एकिकृत पाठ्यक्रममा आधारित शिक्षकहरुको पेशागत विकास गर्ने, एकिकृत पाठ्यक्रमको अवस्था अध्ययन गर्नै, स्थानीय तहकौ क्षमता विकास तथा विद्यालयस्तरीय शिक्षक पेशागत विकासका र्कायक्रमहरु गर्नै मुख्य क्रियाकलापहरुकौ बारेमा अभिमुखिकण गरिएको थियो । कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुमा गणित विषयमा कमजोर नतिजा, शिक्षकहरुमा गणितीय सिपबाट सिकाइ सहजिकरणमा गर्नुपर्नै पैसागत सहयोग मार्फत गणितीय सिपमा सुधार ल्याउन यो परियोजनाले क्रियाकलापहरु गरिनेछ । कपिलबस्तु सहित सात प्रदेशका सात जिल्लाहरु सखुवासभा, सप्तरी, दैलेख, कञ्चनपुर, स्याङ्जा र धादिङमा यो परियोजना लागु भएको छ । यसले विशेषत गणित विषयलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ । दश स्थानीय तहका दश विद्यालयमा आधारभूत सर्वैक्षण गरी परियोजनालाई अघि बढाईने जाइका परियोजनाका विज्ञ योसिताका तानाकाले बताए । शिक्षकहरुलाई तालिम, सिप प्रदान गरी क्षमता बृद्धि गर्ने उनले बताए । स्थानीय तहको योजना तथा विद्यालयकौ विद्यालय सुधार योजनामा समावेश गर्ने, नतिजाहरुकौ समिक्षा गर्ने लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । शिक्षा विकास तथा समन्वय इकाइ, कपिलबस्तुका इकाइ प्रमुख उपसचिव थानैश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दश वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, सामाजिक विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख, अन्य विकास साझेदार संस्थाका प्रतिनिधिहको सहभागीता थियो । परियोजनाका जिल्ला संयोजक रविन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
Prev Post