अखिल (क्रान्तिकारी) कपिलवस्तुको २१ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। यस सम्मेलनले मधुसूदन गन्दर्वको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा निर्वाचित मधुसूदन गन्दर्वसहित अन्य पदाधिकारीहरू चयन भएका छन् ।

नयाँ कार्यसमितिमा पुस्पा न्यौपाने, सरिता बिक, र कमलेश पासवान उपाध्यक्षमा चयन भएका छन् भने गोरखनाथ यादव सचिवको जिम्मेवारीमा रहेका छन्। सह-सचिवको रूपमा दिलिप कुमार चाई र कोषाध्यक्षमा रमिता सिंह निर्वाचित भएका छन्।नवनिर्वाचित टिमले संगठनको भावी योजना र कार्यदिशालाई सफलतापूर्वक अगाडि बढाउने अठोट व्यक्त गरेका छन्।

सम्मेलनको प्रमुख अतिथिमा पूर्व कृषि मन्त्री चक्रपाणी खनालको उपस्थिति रहेको थियो। प्रमुख अतिथि चक्रपाणी खनालले आफ्नो सम्बोधनमा विद्यार्थीहरूले देशको भविष्यको बागडोर सम्हाल्ने भन्दै, सही दिशा तर्फ विद्यार्थीहरूलाई अघि बढ्न प्रेरित गरेका छन् । सम्मेलनमा विशिष्ट अतिथिका रूपमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नारायण खनाल, लुम्बिनी प्रदेश इन्चार्ज सुर्य घर्ती, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू रुद्र बन्जाडे, कमल चुदाली, शान्ति देवी हरिजन, जित बहादुर चौधरी र जिल्ला संयोजक बिष्णु बेलवासे लगायतका नेताहरू सहभागी भएका थिए।