१११ औ बिपि जयन्ती कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड

86

कपिलवस्तु २४ भदौ
जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको १११ औ जयन्तीका अवसरमा कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तुद्धारा बिपि जयन्तीका अवसरमा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बक्ताहरुले नेता कार्यकर्ताहरुले आफनो ब्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा कांग्रेसका पुर्व केन्द्रय सदस्य तथा पुर्व सांसद अतहर कमालले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । उनले बिपिको राष्ट्रियता प्रजान्त र समाजबादको नारालाई आत्मसात गरी अघि बढनु पर्ने बताए । उनले गुट र उपगुलाई त्यागेर अघि बढनु पर्ने बताए । उनले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । पार्टी पुर्व सभापति राजेश आचार्यले आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताए । उनले बिपिले कांग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताए । बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताए । उनले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाहरुलाई समेत उचित स्थान हुनु पर्ने बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गरे । ‘ बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिबेशमा पनि सान्दर्भिक छ ’ उनले भने । कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको नीतिलाई अंगालिएर पार्टी बलियो हुने उनले बताए । पार्टी सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा पार्टीको मायादेबी गाउपालिकाका सभापति शलेन्द्र द्धिबेदी लगायतले मन्तब्य दिएका थिए । बिपि जयन्ती कै अवसमरा पार्टी कार्यालयमा सरसफाई र बृक्षारोपण समेत गरिएको थियो । धुपी सईजनको बिरुवाहरु पार्टी कार्यालयका हाता भित्र रोपाइएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.