कपिलवस्तुमा शारीरिक सुगठन तथा फिटनेश संघ गठन

803

कपिलवस्तु जिल्लामा शारीरिक सुगठन तथा फिटनेश संघको गठन गरिएको छ। संघको अध्यक्षमा कृष्ण थापा चयन भएका छन् भने उपाध्यक्षमा इजहार रंगरेज चयन भएका छन्। सचिवको जिम्मेवारी मनिश कार्कीलाई दिइएको छ भने कोषाध्यक्षको रुपमा राकेश तिवारी चयन भएका छन्।

संघका सदस्यहरूमा सुरेन्द्र बर्मा, राजेश वारी, शैलेन्द्र श्रीमाल, उज्वल शर्मा, दिनेश कोहार, जुनेद अहमद, दिनेश गुप्ता, आलोक कसौधन, र मो. कैफ रहेका छन्।

अध्यक्ष कृष्ण थापाका अनुसार संघले छिट्टै जिल्ला स्तरिय शारीरिक सुगठन तथा फिटनेश प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ। संघको उद्देश्य जिल्लामा शारीरिक सुगठन र फिटनेशलाई प्रोत्साहित गर्दै स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको छ।

Leave A Reply

Your email address will not be published.