तौलिहवामा नेवार समुदायले निकाले गाईजात्रा

121

एक वर्षको अवधिमा दिवंगत भएका नेवाः परिवारका सदस्यहरुको सम्झनामा तौलिहवामा गाईजात्रा निकालिएको छ । नेवाः खल कपिलवस्तुको आयोजनामा तौलिहवामा निकालिएको गाइजात्राले नगरको परिक्रमा समेत गरेको थियो । ३ वटा दिवंगत परिवारबाट फरक फरक सृङ्गार गरिएका देबी देवता र गाईको प्रतिकात्मक बालबालिका तथा बयस्कहरुको टोली जात्रामा सहभागी थिए । जात्रामा देवी देवताका आवरणमा सृङगिएका बालबालिका रहेका थिए । गाईजात्रामा सहभागी हुन आउने नेवाः समुदायको मृतकका घरका सदस्य आफन्तहरुमा समबेदना प्रकट गर्दै नेवाः खलका अध्यक्ष हेमन्त श्रेष्ठले मृत आत्माको चिर शान्तिको कामना गरे ।

dengu 3 1

पितृहरुको स्मरणमा निकालिने गाईजात्रामा सहभागी बटुवाहरुलाई सगुन खुवाएमा पितृले मुक्ति पाउने समुदायमा विश्वास रहँदै आएको छ । नेवाः खलले हरेक वर्ष तौलिहवामा मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउँदै आएको छ । नेवाः समुदायमा हरेक गाईजात्राका दिन एक वर्षभरिमा दिवंगत भएका सदस्यहरुको स्मरणमा गाईको प्रतिक तथा बिभिन्न भेषधारण गरि मृतकका आफन्तहरुको घरघरमा पुगेर सगुन लिने प्रचलन रहँदै आएको छ । जात्राका दिन गाई तथा बिभिन्न भवानका आकृतिमा बालबालिकालाई सजाउनुका साथै, तामयमचा, श्रद्धान्जदी गीत संगीत सहित बाजागाजा बजाउँदै बजार परिक्रमा गर्ने गरिन्छ । गाईजात्रामा सृङ्गारिएर बालबालिकालाई सगुन दिएमा मृत आत्माले मुक्ति पाउने जनविश्वास रहँदै आएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.