कपिलवस्तुको यशोधरा गाउपालिकामा संचालित जीवन सुधार परियोजनाको बार्षिक गतिबिधि बारे सेवा प्रदायक र सरोकारवालाहरुसंग परिचात्मक कार्यक्रम तौलिहवामा संपन्न गरिएको छ । अस्ट्रेलियन एड र युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रद्धारा संचालित कार्यक्रमको उपलब्धीका बिषयमा जानकारी गराउन कार्यक्रम संपन्न गरिएको हो । सो अवसरमा जिल्ला समवन्य समितिका प्रमुख बावुराम आचार्यले पशु बिमा र दुधमा प्रति लिटर सरकारले दिने २ रुपैया अनुदानबाट धरै कृषक बंचित रहेको बताए । उनले पालिकाको कृषि शाखा र पशु प्राबिधिकहरुले यस बारे आवश्यक सहयोग र जनाकारी नदिदा किशानहरु सरकारी सुबिधा र अनुदानबाट बंचित रहकोले आवश्यक कदम चाल्न उनले निर्देशन समेत दिए । उनले भ्रमिक मल, गोबर ग्यासमा प्रोत्साहीत गर्न पशु पालन तर्फ कृषकहरुलाई आकर्षित गर्नु पर्ने बताए । उनले पालिकासंग सहकार्य गरी पोखरीहरुको संरक्षण गनुृ पर्ने बताए । उनले दलित सामाजिक विकास केन्द्रले राम्रो काम गर्दे आएको भन्दै पं्रशंसा समेत गरे ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामशरण रैदास र परियोजन संयोजनक रमेश प्रसाद कुर्मीले संचालित परियोजनाका क्रियाकलाप र उपलब्धीका बिषयमा जानकारी गराएका थिए । परियोजनाले पालिका भित्र रहेका ८ वाडका ३० बढी समुह मार्फत आवश्यक प्राबिधिक र अन्य सहयोग गरी जीवीकोपार्जन , वतावरण सुधार र समुदायको सबलीकरणमा सहयोग गर्दे आएको संस्थाका कार्यकारी निर्देशक रैदासले बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले गडौला मलकालागि पशुपालन गर्ने कृषकलाई सहयोग गर्नु पर्ने बताए । उनले आफुहरुले पालिकासंग सहकार्य गरी माटो परिक्षण गर्न तयार रहेको बताए । कार्यक्रमा यशोधरा गाउपालिका की उप प्रमुख गुन्जादेबी मौर्य वडा नम्बर १ का अध्यक्ष अब्दुल कयुम मुसलमान, गैसस महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय लगातयले मन्तब्य दिएका थिए ।कार्यक्रम संस्थाकी अध्यक्ष सुर्जमति पासीको अध्यक्षतामा भएको थियो ।