कपिलवस्तुमा रहेका होटल तथा रेस्टुरेन्टमा यौन धन्दा मौलाउन थालेको भन्दै कपिलवस्तुमा क्रियाशील ५ मानव अधिकार सम्बन्धी संस्थाले त्यसको रोकथामकालाथि प्रहरी प्रशासनले ठोस कदम चाल्नु पर्ने माग गरेका छन । मानव अधिकारकालागि युवा मंच, नेपाल स्वयमसेवका संघ, नागरिक समाज कपिलवस्तु, न्यायकालागि संघर्ष समिति र महिला मानव अधिकार रक्षक संजालले सहायक प्रमुख जिल्ला अधिकारी भविस्कर घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेको हो । चोक चौराहामा यौनका बिषयमा खेलेयाम कुरा हुनु राम्रो कुरा नभएको उनीहरुको भनाई छ । जिल्लाभर शान्ति सुरक्षा, अमनचयनमाथी गंभीर प्रश्न उठने खालका घटनाहरु बढीरहेको प्रति उनीहरुले गंभीर ध्यानकष्र्ण भएका जनाएका हुन । गत साउन ५ गते चार नम्बर चोकको एक होटलमा नाबालिकामाथी भएको सामुहिक बलत्कार, होटत तथा रेस्टुरेनटमा यौन धन्दा, बढदो चोरी पैठारी, तस्कारी र यस्ता घटनमा प्रहरीको संलग्नता रहेको उनीहरुको आरोप छ । यस्ता बिकृतिले समाजमा असुरक्षा निम्त्याएकोले यस्ता गतिबिधि नियन्त्रणकालागि संबेदनशील हुन उनीहरुले आग्रह समेत गरेका छन । ध्यानकर्षण पत्र गुह मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेश, जिल्ला समन्वय समिति र प्रहरी कार्यालयलाई बाधार्थ समेत दिइएको छ । मंचका अध्यक्ष ईन्दिरा पन्त, संघका अध्यक्ष संजय रेग्मी, समाजका अध्यक्ष अर्जुन पोख्रेल, संघर्ष समितिका अध्यक्ष अम्बिका पौडेल र संजाल की अध्यक्ष पुष्पा रेग्मीले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।