कपिलवस्तुको मायादेबी गाउपालिकाको आगामी आर्थिक बर्ष २०८१÷०८२ कालागि ६१ करोड २५ लाख बजेट प्रस्तुत गरिएको छ । पालिकाको १४ औ सभामा गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने सो बराबरको अनुमानित बजेट पशे गरेका हुन । ७० प्रतिशत पुजीगत र ३० प्रतिशत चालु बजेट रहेको उनले बताए । यस्तै प्रत्येक वडालाई १ करोड १० लाख बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख मुसलमानले गाउपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, लगायतकाका क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । सो अवसरमा वडाध्यक्ष शैलेन्द्र यादव, रबिन्द्र पाण्डेय लागायतले मन्तब्य दिएका थिए ।