कपिलवस्तु नगरपालिकाको १६ औ नगर सभा संपन्न

102

कपिलवस्तु नगरपालिकाको १६ औ नगर सभा संपन्न गरिएको छ । आर्थिक र बिनियोजन बिधेयक पारित गरी सभा संपन्न गरिएको हो । मेयर सुदीप पौडेलले प्रस्तुत गरेको बिधेयक सभाले पारित गरेको हो । गत असार १० गते नै कपिलवस्तु नगरपालिकाको बजेट ९६ करोड १८ लाख ८३ हजार पेश गरिएको थियो । सभामा उप मेयर सुनिता गुप्ताले न्यायिक समितिमा खाली रहेका २ सदस्यहरु वडा नम्बर १ का सदस्य रमेश कसौधन वडा नम्बर ७ का सोहरत तेलीलाई गरेको प्रस्तावलाई समेत पारित गरिएको छ । सो अवसरमा मेयर पौडेलले निशुल्क शिक्षा र बिमामा लाग्ने आधा रकम नगर पालिकाले अनुदानमा दिएको काम उत्तम रहेको बताए । उनले नगरपालिकाको तौलिहवा बजारमा स्ट्रीट लाईट र मेडियनमा गरिएको बृक्षारोपणले अब नगर सुन्दर देखिने बताए । आगामी आर्थिक बर्ष पनि नगरमा लाईटिङ र बृक्षारोपणको काम जारी रहेको बताए । उनले रामघाट धाम निर्माण बुद्धपद्मम बिधालयको खेल मैदानमा स्टेडियम निर्माण लगायतको काम हुने उनले बताए । सो अवसरमा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले नगरपालिकासंग सडक बत्तीको माग गर्ने बिद्यूतसंग नगरपालिकाले जग्गा बापतको भाडा लिनु पर्ने माग गरे । उनले केही कर्मचारीहरुको पोशक महंगी भत्ताहरु समेत उपलब्ध गराउनु पर्ने माग गरे । उनले गौशाला संचालनकाक्रममा हाल सम्म परालमा गरिएको खर्च उलब्ध हुन नसेको र तर त्यही गौशालाका बिषयमा अनेक कुराहरु आउनु दुःखद भएको बताए ।

Leave A Reply

Your email address will not be published.